आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, ९ अर्ब नाघ्यो कारोबार
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १९ दशमलव ५६ अङ्कले बढेर २६९८ दशमलव ०३ को विन्दुमा पुगेको छ । आज नौ अर्ब ४७ करोड तीन लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।बिहीबारको तुलनामा कारोबार रकम साढे एक अर्बले बढेको छ । बिहीबार सात अर्ब ९२ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।
१७६ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ६३ कम्पनीको सेयर मूल्य घटेको छ । चार कम्नपीको सेयर मूल्य स्थिर छ । यसदिन चार कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । १० प्रतिशतले सेयर मूल्य वृद्धि हुनेमा विन नेपाल लघुवित्त, गुराँस लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स र जानकी फाइनान्स छन् ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये निर्जीवन बिमा समूह र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक वृद्धि भएको छ । यो समूहको परिसूचक ४.९४ प्रतिशतले वृद्धि भएको हो ।
थर्ड पोल 