आज संसदमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली, रास्वपाले बहिस्कार गर्ने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दैछन् ।सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली भोली शनिबार चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन । ओलीले संसद्को समेत विश्वास समेत लिएर लिपुलेक मामिलामा चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय मोदीसँग प्रस्ट कुरा राख्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भए पनि प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो विरोध जारी राख्ने भएको छ। प्रमुख सचेतक सन्तोष परियारले रास्वपाले शुक्रबारको संसद बैठक पनि बहिस्कार गर्ने जानकारी दिए।
थर्ड पोल 