आजको फलफूल तथा तरकारीको बजार मूल्य

आजको फलफूल तथा तरकारीको बजार मूल्य

काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज ठुलो नेपाली गोलभेडा प्रतिकजी ४५ रुपैयाँ, भारतीय ठुलो गोलभेडा ६५ रुपैयाँ, रातो आलु ४८ रुपैयाँ, सुकेको प्याज ७३ रुपैयाँ, लोकल गाजर ७५ रुपैयाँ, तराई गाजर, स्थानीय काउली, लाम्चो भन्टा, तने बोडी र लोकल बन्दा प्रतिकेजी ४५ रुपैयाँ तोकिएको छ ।

यसैगरी हाइब्रीड सेतो मूला, लौका र बन्दा प्रतिकेजी ३५ रुपैयाँ, स्थानीय ज्यापु काउली ६६ रुपैयाँ ६७ पैसा, मकै बोडी ७५ रुपैयाँ, घिउ सिमी लोकल ५६ रुपैयाँ, मटरकोशा १४६ रुपैयाँ ६७ पैसा, भटमासकोशा १३५ रुपैयाँ र तितो रकेला ४६ रुपैयाँ पर्नेछ । 

यसैगरी परवर र घिरौला प्रतिकेजी ५५ रुपैयाँ, पाकेको फर्सी ४३ रुपैयाँ, भिण्डी ४४ रुपैयाँ, पालूगो, चमसुर र मेथीको साग १४६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ १४२ रुपैयाँ, डल्ले च्याउ ३४० रुपैयाँ, कुरीलो ३४० रुपैयाँ, ब्रोकाउली ११० रुपैयाँ, चुकुन्दु, सजिवन र रातो बन्दा ६६ रुपैयाँ ६७ पैसा, सेलरी १३५ रुपैयाँ, फूजी स्याउ ३२५ रुपैयाँ, कागती ३०० रुपैयाँ, अनार ३२५ रुपैयाँ मालदह र दसहरी आँप १९० रुपैयाँ तोकिएको छ ।