आफूले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

आफूले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि सर्वोच्च पुग्यो अख्तियार

 विशेष अदालतले सफाइ दिएको भ्रष्टाचारसम्बन्धी मुद्दामा चित्त नबुझेको भन्दै पुनरावलोकनका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले भ्रष्टाचार मुद्दामा विशेष अदालतको फैसला चित्त बुझ्दै नआएपछि सर्वोच्चमा  पुनरावलोकन दिएको जानकारी दिए।

अख्तियारले कालिकोट पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मासहित ८ जनाविरुद्ध ओहोदाको दुरूपयोग गरी  नेपाल सरकारलाई गैरकानुनी हानी पुर्‍याएको दावी गर्दै  विशेष अदालतमा  भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कालिकोट साविक थिर्पु गाउँपालिकाको वडा नं.५ र ६ हाल पलाँता गाउँपालिका वडा नं.८ स्थितमा थोपा सिँचाई आयोजना निर्माण गर्दा भए गरेको कार्य भन्दा बढी रकम भुक्तानी गरी सरकारी रकम हानी नोक्सानी गरेको अख्तियारको दावी थियो।