उत्तर कोरियासँग नेपालले खाएको त्यो १९ गोल
भुटानमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट अन्तर्गत नेपाली यू२० टोलीले आज विश्व च्याम्पियन बनिसकेको उत्तर कोरियाको यू२० टिमसँग प्रतिस्पर्धा गर्दैछ ।
सिनियर फुटबलमा खासै बलियो नभएपनि जुनियर फुटबलमा उत्तर कोरिया निकै बलियो टिम हो । यू-२० उमेर समूहका एसियन कप र विश्वकपको उपाधि जितिसक्नुले पनि यस कुरालाई पुष्टी गर्छ ।
यू-२० मात्र होइन उत्तर कोरिया यू-१७ एसियन कप र विश्वकपको पनि साविक विजेता हो । त्यसैले उत्तर कवरिया कस्तो टिम कति बलियो छ भनेर धेरै चर्चा गरिरहनु नै परेन ।
अहिले भइरहेको छनोट प्रतियोगितामा पनि उत्तर कोरिया सबैभन्दा बलियो टिम रहेकोमा कुनै शंका रहेन । समूह ए मा उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५-० र आयोजक भुटानलाई १०-० ले हराएर आफ्नो शक्ति देखाइसकेको छ ।
थर्ड पोल 