उदीयमान अर्थतन्त्रको संकेत, विकासशील मुलुकमा उक्लिँदै नेपाल
सन् १९७१ नोभेम्बर १८ मा संयुक्त राष्ट्र संघको महासभाले २७६८ नं. को प्रस्ताव पारित गरी नेपाललाई अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत भएको थियो। सन् १९६० मा नै अतिकम विकसित मुलुकको अवधारणा दोस्रो विश्वयुद्धपछि शान्ति र विकासका लागि आएको हो।
त्यो बेला कुनै मुलुकमा उद्योगको धेरै विकास र कुनै मुलुकमा अति कम विकास भएर देशहरूबीच विकासको स्तरमा ठूलो खाडल देखा गरेको थियो। यही कारणले यो अवधारणा आएको हो। त्यो बेला विकसित देशहरू धेरै कम थिए। विकासशील देशहरू धेरै भए। संयुक्त राष्ट्र संघीय व्यापार तथा विकास सम्मेलनले विकासशील मुलुकहरूमध्ये विशेष सहयोग गर्नुपर्ने मुलुकको समूहलाई अतिकम विकसित मुलुकका रूपमा दर्ज गरिएको थियो। यसअन्तर्गत कम आय भएका दिगो विकासका लक्ष्य हासिल गर्न संरचनात्मक बाधाहरूको सामाना गरिरहेका मुलुकहरू पर्छन्।
थर्ड पोल 