उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरियो :  सुमना श्रेष्ठ

उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरियो :  सुमना श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले उपसभामुख इन्दिरा रानामगरको चरित्र हत्या गरिएको आरोप लगाएकी छन् ।प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले संबैधानिक परिषदमा बहुमत नपुगेपछि मिडिया ट्रायल गरेर उपसभामुखको चरित्र हत्या गरिएको आरोप लगाइएको बताइन् ।उनले सांसद श्रेष्ठले आफुहरु छानबिनका लागि तयार रहेको भन्दै छानबिन गर्ने नै भए भुटानी शरणार्थीको पनि छानबिन गर्नुपर्ने बताइन् ।

उनले भनिन् ‘उपसभामुखज्यूको नामबाट जुन मिडिया ट्रायल गरिएको छ । यसमा घोर आपत्ति जनाउन चाहन्छु । हिजोको दिनमा यही सभाबाट एउटा अमूख मान्छेलाई भिसा चाहियो भनेर भनेको होइन ? सडकमा प्रदर्शनमा उत्रिएका होइनन् ? यदि आचरणको कुरा गर्ने हो भने गरौं । सबैको आचरण हेरौं, सबैको लेटरप्याडबाट केके लेखिएको छ, हेरौं । तपाईहरुलाई मन लाग्यो भन्ने मिडिया ट्रायल गर्यो नत्र चुप लागेर बस्ने ? बोल्ने नै हो भने डिक्लिएर गर्नु न भुटानी शरणार्थी प्रकरण कसले गरेको हो भनेर । त्यो आँट छ ? हेप्ने काम चाँही नगर्नुहोला ।’