एनडिएको तीन नीति जसले नितिश कुमारलाई बनायो दसौं पटक बिहारको मुख्यमन्त्री
बिहारमा नाटकीय ढंगले भारतीय जनता पार्टी (भाजपा) र जनता दल युनाइटेड (जेडियू)को गठबन्धनले दुई तिहाई बहुमत ल्यायो।
शुक्रबार राति सम्मन्न मतगणनाको अन्तिम नतिजाअनुसार एनडिए गठबन्धनले विधानसभाका २४३ सिटमध्ये २०२ सिट जित्यो।
मतगणनाको प्रारम्भिक चरणदेखि नै एनडिएका उम्मेदवारहरूले भारी मतका साथ आरजेडि नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई पछि पारेका थिए।
त्यो शिलशिला अन्तिम चरणसम्म कायम रह्यो र एनडिएले बिहार बिधानसभामा शक्तिशाली पुनरागमन गर्यो।
बिहारका चर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी यादवको नेतृत्वमा रहेको आरजेडीले कंग्रेस र कम्युनिस्ट पार्टीहरूसँग मिलेर महागठबन्धन बनाएका थिए।
बिहारमा २० वर्षदेखि अकन्टक राज गर्दै आएका नितिशकुमारलाई हराउन उनीहरूले तेजस्वी यादवलाई मुख्यमन्त्री घोषणा गरेका थिए। तर महागठबन्धनले केबल ३५ सिट जितेको छ।
त्यस्तै पहिलो पटक चुनावमा होमिएका रणनीतिकार प्रशान्त किशोरको जन सुराज पार्टीले एउटा सिट पनि जित्न सकेन।
थर्ड पोल 