एमालेमा अहिले कुनै गुट छैन : सचिव योगेश भट्टराई
नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा अहिले कुनै गुट नरहेको बताएका छन्।
प्रेस चौतारी ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सिंगो एमाले एकताबद्ध रहेको बताए।
देशको आवश्यकताले एमाले र नेपाली कांग्रेसको गठबन्धन सहितको सरकार बनकाले आगामी निर्वाचनसम्म यही सरकार रहने उनको भनाइ छ।
‘देशमा विषम परिस्थिती सिर्जना भएकोले गतवर्ष एमालेको नेतृत्वमा सरकार गठन भएको हो,’ भट्टराईले भने, ‘सरकारले देशको आर्थिक स्थिति अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाएको छ। कतिपय कानुन संशोधन गरेको छ। विकासका कामलाई तिव्रता दिएको छ।’
भट्टराईले संविधान संशोधनको समयमा स्थानीय तहको संख्या घटाएर र वडाको संख्या बढाउनुपर्ने बताए। संविधान संशोधनका क्रममा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष र संवैधानिक आयोगका संख्या पनि घटाउनु पर्ने उनले बताए।
थर्ड पोल 