ओली–प्रचण्डले आलोचकलाई स्टालिनलेझैं राजनीतिक सफाया गर्दैछन्ः बाबुराम भट्टराई

ओली–प्रचण्डले आलोचकलाई स्टालिनलेझैं राजनीतिक सफाया गर्दैछन्ः बाबुराम भट्टराई

नेपाल समाजवादी पार्टी (नयाँ शत्ति) का अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्टालिनसँग तुलना गरेका छन्।

‘हामी इतिहासबाट यो सिक्छौं कि हामी इतिहासबाट सिक्देनौं’ भन्ने अंग्रेजीमा चर्चित भनाइ उद्दरण गर्दै उनले नेपालका कम्युनिस्ट स्टालिनकालीन रूसी कम्युनिस्ट आन्दोलनकै दिशामा अघि बढेको आरोप लगाएका हुन।

‘मूलतः २०२८–३१ को झापा आन्दोलन र २०५२–०६२ को जनयुद्धको जगमा उभिएको नेपाली कम्युनिष्ट आन्दोलन संसारको पहिलो र करिब ७५ बर्षसम्म सत्तामा रहेर अहिले विलोप भएर गएको रूसको कम्युनिष्ट पार्टी र आन्दोलनकै दिशामा अग्रसर भैरहेको देखिनु बिडम्वनापूर्ण छ,’ उनले भनेका छन्।

नेपालको कम्युनिस्ट आन्दोलनको तीव्र वैचारिक स्खलन/बन्ध्याकरण र  राज्यसत्ता संचालनको प्रवृत्ति, अवस्था हेर्दा ब्रेजनेभ–कालको झल्को आउने भट्टराईले बताएका छन्।

रूसी कम्युनिस्ट नेता ब्रेजनेभ–कालको जस्तो अहिलेको कम्युनिस्ट पार्टीहरूको अवस्था सुन्निएर मोटाएको जस्तो देखिएको उनको टिप्पणी छ।