काठमाडौंको काष्ठमण्डप नजिकै तीन घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास हुँदै

काठमाडौंको काष्ठमण्डप नजिकै तीन घण्टादेखि आगलागी, नियन्त्रणको प्रयास हुँदै


काठमाडौं । काठमाडौंको काष्ठमण्डप नजिकै बिहान करिब साढे ४ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन । जिल्ला प्रहरी परिसर, काठमाडौंकी डीएसपी पूर्णिमा चन्दका अनुसार काठमाडौं महानगरपालिका–२२ भिमसेनस्थानस्थित मोहन शाहको २ तले घरको कपडाको गोदामबाट आगलागी सुरु भएको हो ।

आगलागी भएका तीनवटा घर र मन्दिर आगोको चपेटामा परेका छन् ।नेपाली सेना र काठमाडौं–भक्तपुरमा उपलब्ध अन्य ९ वटा दमकल र तीन वटा पानी ट्यांकीबाट आगो नियन्त्रणको प्रयास भइरहेको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।