कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा, कसले आवेदन दिन पाउने ?
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ३ हजार २११ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछि उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो ।
सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ । बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।



थर्ड पोल 