कोरोना अपडेट: आज थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि

1.

पछिल्लो २४ घण्टामा गरिएको नमुना परिक्षणबाट थप १ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य मन्त्रालयको अनुसार जम्मा १ हजार ४ सय ८८ जनामा गरिएको नमुना परिक्षणमा १०६ जना नयाँ संक्रमित थपिएका हुन्।  

पिसिआरबाट ६४ र एन्तिजेन विधिबाट ४२ जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। 

यस्तै आज संक्रमित मध्ये ७४ जना कोरोना संक्रमण मुक्त भएका छन्।  साथै अहिले सक्रिय संक्रमितको संख्या ४३५ रहेको छ।