घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ? 

घट्यो नेप्से परिसूचक, कति भयो कारोबार ? 

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक घटेको छ। पछिल्ला ६ कारोबार दिनदेखि बढिरहेको नेप्से आज भने घटेको हो । आज नेप्से परिसूचक १८.१४ अंक घटेर २६३५.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स २.९७ अंक घटेको छ । आज फ्लोट इण्डेक्स १.१८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९४ अंकले घटेको छ ।

आज नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ४० करोडको सेयर खरिदबिक्री भएको बजारमा आज भने ३०८ स्टकको ७३ हजार ३०९ पटकको कारोबारमा ७ अर्ब ३० करोड ५३ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५७ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।