जेनजीका गतिविधि बढेपछि काठमाडौंमा सुरक्षा व्यवस्था मजबुत बनाइयो
Join our subscribers list to get the latest news, updates and special offers directly in your inbox
काठमाडौं । जेनजी युवाहरुका गतिविधि पुनः बढ्न थालेपछि काठमाडौंको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ । जेनजी विद्रोहमा दमनकारी भूमिका खेल्नेहरुलाई पक्राउ गर्न र संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्ति खारेज गर्न माग गर्दै जेनजी युवाहरु सडकमा आउन थालेपछि प्रहरीले सुरक्षा सतर्कता बढाएको हो ।
काठमाडौंका मुख्य चोक र सार्वजनिकस्थल तथा सरकारी कार्यालयहरुमा प्रहरीको तैनाथी बढाइएको छ । प्रहरीको एक टोली माइतीघर–भद्रकाली खण्डमा पर्ने जिल्ला प्रहरी परिसर अगाडि ब्यारिकेड नै राखेर बसेको छ । अरु दिनमा त्यो बाटो पूरै खुल्ला हुने गर्दथ्यो ।
जेनजी पुस्ताका युवाहरुले सामाजिक सञ्जालमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब दिइरहेका छन् । उनीहरुले माइतीघर मण्डलामा ओली र लेखकसहित आरजु राणा देउवा, माधव कुमार नेपाल, महेश बस्नेत लगायतका फोटो राखेर उनीहरुमाथि कारबाहीको माग गरेका छन् ।
थर्ड पोल पुस 9, 2080 0
थर्ड पोल फाल्गुण 6, 2080 0
थर्ड पोल मङ्सिर 4, 2080 0
थर्ड पोल पुस 9, 2080 0
थर्ड पोल फाल्गुण 6, 2080 0
थर्ड पोल मङ्सिर 4, 2080 0
थर्ड पोल असार 20, 2083 0
थर्ड पोल असार 15, 2083 0
थर्ड पोल जेठ 21, 2083 0
