जेनजीको प्रदर्शनः संसद् भवनभित्र जेनजीहरूको ढुंगामुढा, कर्फ्यू आदेश जारी, पत्रकार गोली लाग्यो

 जेनजीको प्रदर्शनः संसद् भवनभित्र जेनजीहरूको ढुंगामुढा, कर्फ्यू आदेश जारी, पत्रकार गोली लाग्यो

काठमाडौं । नयाँ बानेश्वर क्षेत्रमा उग्र प्रदर्शन गरिरहेका जेनजीहरू संघीय संसद भवनभित्रै प्रवेश गरेर ढुंगामुढा गरेका छन् । केहीबेरअघि उनीहरू संसद् भवनभित्र पसेका थिए । अहिले प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर उनीहरूलाई बाहिर निकालेको थियो ।

जेनजी प्रदर्शनकारीले प्रदर्शन रोकेका छैनन् । जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरिसकेको छ ।यद्यपि प्रदर्शन भने रोकिएको छैन ।सुरक्षा कर्मी बस्ने पोष्टमा प्रदर्शनकारीहरु पुगेर नेपालको झण्डा फहराएका थिए ।

त्यस्तै  प्रदर्शनका त्रःममा नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

प्रदर्शनको दृष्य खिचिरहेका बेला श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुर टेलिभिजनका नायव समाचार प्रमुख रुपेश श्रेष्ठले बताएका छन् ।

माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियो । उनीहरुलाई रोक्ने प्रहरीको प्रयास असफल भएको थियो ।