जलाइयो लोकतन्त्रको बिगुल फुक्ने धरोहर, बीपीले लेखेको चिठीमात्र बच्यो कोइराला निवासमा

जलाइयो लोकतन्त्रको बिगुल फुक्ने धरोहर, बीपीले लेखेको चिठीमात्र बच्यो कोइराला निवासमा

एकाएक मानिसको गुनगुन सुनियो । केही ठोक... ठोक... भन्दै लाठी बोकेर आइरहेका थिए । आगो लगा... आगो... लगा, झोस्...झोस्... भन्दै दौडिएर एक हुल एक्कासि पस्यो ।
 
मोहनध्वज कार्की मानिसहरूको त्यो हुल अघि बढ्दै आएको देखेर झस्किए । त्रासले शरीर काप्यो । एक झुन्ड मानिस पसिहाले । विराटनगरस्थित कोइराला निवासमा ढुंगा बर्सियो । केहीले मास्क लगाएका थिए । “भित्रका सरसामान झिक्न थाले । अनि आगो लगाई हाले”, उनले भने ।

लालध्वज कोइराला निवासको सुरक्षाका लागि खटिएका थिए । विराटनगर महागनरमा प्रहरीमा कार्यरत उनी त्यस दिन त्यहीँ बसेको भए सायद आफूँ नै बाँच्दैन थिए । 

‘‘आक्रमण हुन थाले पनि निवासमाथिबाट पश्चिमतर्फ फाल हाने । केहीले ठोक... ठोक... भनेको सुनिरहेका थिएँ’’ उनले भने । आत्तिएर काप्दै उनी कोइराला निवासपट्टीबाट कट्टु–गन्जीमै मेनरोड पुगे । एकजनालाई घर लगिदिन आग्रह गरे । र, घर पुगे । उनी घर पुग्दा नपुग्दै कोइराला निवासबाट धुवाँ उठ्न सुरु भइसकेको थियो । निमेषभरमै १०२ वर्ष पुरानो कोइराला निवास डढ्यो । यो निवासलाई कांग्रेस नेता डा. शेखर कोइरालाले जस्ताको तस्तै सुरक्षित राखेका थिए ।