ड्रोनभ्यूमा हेर्नुस् बानेश्वरतर्फ अघि बढेको जेनजीको जुलुस

ड्रोनभ्यूमा हेर्नुस् बानेश्वरतर्फ अघि बढेको जेनजीको जुलुस

काठमाडौंको जेनजी (सन् १९९७ देखि २०१२ भित्र जन्मिएका) पुस्ताले गरेको आन्दोलन बानेश्वरतर्फ अघि बढेको छ।

सोमबार बिहान ९ बजेदेखि सुरू भएको आन्दोलन अहिले बानेश्वरतर्फ अघि बढेको हो। उनीहरूको प्रदर्शन माइतीघरदेखि बानेश्वरसम्म पुग्ने योजना छ।

तर निषेधित क्षेत्र नतोड्ने बताइएको छ।

माइतीघरमा उनीहरूले 'गाउँ-गाउँबाट उठ बस्ति-बस्तिबाट उठ', 'जाग लम्क चम्क है नौजवान हो', 'यो नेपाली शीर उचाली' जस्ता देशप्रेमले ओतप्रोत भएका गीतहरू बजाएर सँगसँगै गाएका थिए।

सँगै 'वी आर द मुभमेन्ट, वी फर दि मुभमेन्ट' जस्ता नाराहरू लगाएका छन्।

सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारको विषयलाई उनीहरूले प्रदर्शनको मुख्य एजेन्डा बनाएका छन्। यी तस्बिरहरू सोमबार बिहान सवा ११ बजेतिर खिचिएका हुन्।