तरूण दलले ल्यायो पाँचौं महाधिवेशन कार्यतालिका
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरूण दलले पाँचौं महाधिवेशनका लागि कार्यतालिका ल्याएको छ।
कांग्रेसले अनुमोदन गरी उक्त कार्यतालिका तरूण दललाई प्राप्त भएको थियो। उक्त कार्यतालिका तरूण दलले ७७ जिल्ला कार्यसमितिमा पठाइसकेको छ।
लामो समयदेखि तरूण दलको महाधिवेशन हुन नसकेकोले कांग्रेसले निर्देशन समिति नै बनाएर महाधिवेशन गराउन लागेको हो।
गत चैतभित्र कांग्रेसले १३ भ्रातृ संस्थालाई महाधिवेशन गर्न भने पनि ५ भ्रातृ संस्थाले मात्रै महाधिवेशन गरेका थिए।
नियमित महाधिवेशन नभएका भ्रातृ संस्थामा कांग्रेसले अधिवेशन गराउन भन्दै तदर्थ समिति गठन गरेको छ। तर पटक पटक म्याद थप गर्दा पनि महाधिवेशन हुन सकेको छैन।
विद्वान गुरूङ अध्यक्ष रहेको तरूण दल तदर्थ कार्यसमितिलाई महाधिवेशन गराउन अन्तिम पटक म्याद दिइएको थियो।
थर्ड पोल 