त्रिभुवन विमानस्थलमा टु जिरो रनवेमा आजदेखि तीन महिनासम्म अवतरण गर्न रोक

त्रिभुवन विमानस्थलमा टु जिरो रनवेमा आजदेखि तीन महिनासम्म अवतरण गर्न रोक


काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे) को उत्तरतर्फको विन्दू (टु जिरो) बाट आजदेखि तीन महिनासम्मको जहाजको अवतरण गर्न रोक लगाइएको छ । विमानस्थलको ट्याक्सी वे मर्मतका लागि उक्त धावनमार्गको २३६ मिटरसम्म काम भइरहेकोले टु जिरो अर्थाता बौद्धतर्फबाट जहाजको अवतरणमा रोक लगाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।

उनले भने ‘विमानस्थलको उत्तरतर्फ धावनमार्गबाट पार्किङतर्फ जाने आउने ट्याक्सीवे ले जोड्ने काम भइरहेको छ । यसको लागि आन्तरिक उडानका जहाज उक्त क्षेत्रबाट अवतरण गर्न सक्दैनन् ।’ यही क्षेत्रमा २३६ मिटरको दुरी छोडेर अवतरण गर्ने वा धावनमार्गको दक्षिणर्फको विन्दू कोटेश्वरतर्फबाट भने (जिरो टु) अवतरण गर्न सक्ने जानकारी झाले दिए ।

यस्तो व्यवस्थाका कारण अन्तर्राष्ट्रिय उडानका जहाजलाई कुनै असर पर्दैन । अन्तर्राष्ट्रिय तर्फका जहाजहरु धावनमार्गको दक्षिणतिरबाट मात्रै अवतरण गर्ने भएकोले आन्तरिक उडानकोमा असर पर्ने हो । अन्तरिक उडानलाई पनि धानवमार्ग छोटो भए पुग्ने भएकोले मर्मत भइरहेको क्षेत्र छोडेर अवतरण गर्न मिल्ने पनि झाको भनाइ छ ।उक्त धानमार्गबाट अवतरण गर्न नपाउँदा आन्तरिक उडानका वायुसेवालाई पर्वतीय तथा नियमित हुने जहाजको अवतरणमा प्रभाव पर्ने छ ।