दुई दिनदेखि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

दुई दिनदेखि सुनको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं । नेपाली सुनचँदी बजारमा दुई दिनदेखि सुनको मूल्य स्थिर रहेको छ। सोमबारदेखि स्थिर रहेको सुनको भाउले यसदिन पनि निरन्तरता पाएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको छ। 

सोमबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।  त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने बढेको छ।सोमबार प्रतितोला एक हजार आठ सय १० रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ४० अमेरिकी डलरमा कारोबार भइरहेको छ।