धोविघाटमा कांग्रेस पदाधिकारी बैठक जारी, महाधिवेशन कार्यतालिकाबारे छलफल

धोविघाटमा कांग्रेस पदाधिकारी बैठक जारी, महाधिवेशन कार्यतालिकाबारे छलफल

नेपाली कांग्रेसको पदाधिकारी बैठक ललितपुरको धोविघाटस्थित एक होटलमा बसेको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा आइतबार बिहान बैठक बसेको हो।

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न र सहमति जुटाउन कार्यवाहक सभापति खड्काले बैठका राखेका हुन्।

अहिले बैठक जारी रहेको एक पदाधिकारीले जानकारी दिए। महाधिवेशन कार्यतालिकाबारे शनिबार पदाधिकारी बैठकमा छलफल भए पनि सहमति जुट्न सकेको थिएन।

महाधिवेशन कार्यतालिका नल्याउने भए आफू केन्द्रीय समिति बैठकमै उपस्थित नहुने महामन्त्री गगन थापाले बताउँदै आएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्माले पुस १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने बताइरहेका छन्।

आजै दिउँसो १ बजे सानेपामा केन्द्रीय समिति बैठक पनि बस्दैछ। कार्यतालिकामा सहमति नजुट्दा शुक्रबार केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको थियो।

महामन्त्रीद्वय थापा र शर्माले ढिलोमा पुसभित्रै महाधिवेशन गर्नुपर्ने बताएका छन् भने सभापति शेरबहादुर देउवा पक्षले वैशाख अन्तिममा महाधिवेशन गर्न सकिने बताएका छन्।