नक्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या 

 नक्खु कारागारबाट भागेका कैदीले गरे आफ्नै श्रीमतीको हत्या 

काठमाडौं ।  नक्खु कारागारबाट भागेका कैदीले श्रीमतीको हत्या गरेका छन्। काभ्रेको पनौती नगरपालिका वडा नम्बर १२ गागलका वर्ष ३५–३६ का सन्तबहादुर तामाङले आफ्नै श्रीमती ३० वर्षीय मनिषा घ्यावा तामाङको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

सन्तबहादुर जेन्जी आन्दोलनका क्रममा नक्खु कारागारबाट भागेका थिए । उनी जवरजस्ती करणीमा जेल परेका थिए । इलाका प्रहरी कार्यालय बनेपाको टोली घटनास्थलमा पुग्दै गरेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।