नितिश कुमारको आज विदाइ, भोलि स्वागत
बिहारका मुख्यमन्त्री तथा जनता दल (युनाइटेड) का नेता नितिश कुमारले आज बुधबार राजीनामा दिँदै छन्।
उनको राजीनामासँगै विधानसभा चुनावमा दुईतिहाइ बहुमत ल्याएको भारतीय जनता पार्टी (भाजपा) र जनता दल (युनाइटेड) को राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) लाई सरकार बनाउन बाटो खुल्नेछ।
एनडिए गठबन्धनले चुनावअघि नै नितिशलाई आफ्नो मुख्यमन्त्री उम्मेदवारका रूपमा प्रस्तुत गरेको थियो। त्यसैले बुधबार पदबाट विदा लिन लागेका नितिश बिहीबार दसौं पटक मुख्यमन्त्री भएर आउन सक्छन्।
भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का अनुसार नयाँ सरकारले पटनास्थित ऐतिहासिक गान्धी मैदानमा शपथ लिने कार्यक्रम छ। मुख्यमन्त्री नितिश कुमारले नयाँ एनडिए सरकारको शपथ समारोहका लागि गान्धी मैदानमा भइरहेको तयारीको निरीक्षण गरेका छन्।
नितिश कुमार एनडिए सरकारका मुख्यमन्त्रीका रूपमा फर्कनेबारे कुनै आधिकारिक घोषणा नभए पनि भाजपा–जेडियू नेताहरूको अभिव्यक्तिले त्यसतर्फ संकेत गरेको हिन्दुस्तान टाइम्सले लेखेको छ।
थर्ड पोल 