'नेपहपको श्रीपेच ३' अडिसन सुरु

'नेपहपको श्रीपेच ३' अडिसन सुरु

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच ३’ सुरु भएको छ ।  आयोजकले एक कार्यक्रम गर्दै शोको डिजिटल अडिसन खुला भएका जनाएको हो ।

शोको डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइनेछ । शोमा सहभागीका लागि आफ्नो प्रस्तुतिको भिडियो बनाएर नेपहपको श्रीपेचको अफिसियल फेसबुक पेजमा पठाउनु पर्नेछ । त्यसरी प्राप्त अडिसन मध्य जज राउन्डबाट उत्कृष्ट प्रतियोगी चयन गरिनेछ । 

‘नेपहपको श्रीपेच ३’को विजेताले रु १० लाख नगत, वर्ल्ड टुरको अवसर एवम् विभिन्न ब्रान्ड इन्ड्रोसमेन्टहरू प्राप्त गर्नेछन् साथै उपविजेताले नगद रु ५ लाख साथै विदेशमा प्रस्तुतिको अवसर प्राप्त गर्नेछन् ।

‘नेपहपको श्रीपेच’को पहिलो संस्करणको विजेता भाइवर साइमन हुन् भने दोस्रो सिजनका विजेता योङ्ग वेभरहेका छन् । ‘नेपहपको श्रीपेच’ दामी मिडियाको प्रस्तुतिमा निर्माण भएको हो ।

’नेपहपको श्रीपेच ३’ मङ्सिरको अन्तिम साताबाट टेलिभिजनमा प्रसारण गरिनेछ ।  कार्यक्रमको ब्रोड्कास्टिङ्ग पार्टनर र भोटिङ्ग पार्टनर पनि केही दिनमा नै सार्वजनिक गरिनेछ ।