न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी अस्पतालमा प्रभु बैंकका ग्राहकलाई विषेश छुट
काठमाडौं । बिराटनगर–८,मोरङ्ग स्थित न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालिर प्रभु बैंकबीच विशेष छुट सम्झौता भएको छ ।
प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले अन्तरङ्ग तथा बहिरङ्ग सेवामा ओपिडि टिकट बाहेक टिस्क्यान, न्यूरोसर्जरी, न्यूरोआईसियू, अर्थोप्याडिकसर्जरी, एमआरआई, प्रसुतितथा स्त्री रोग, क्याथ प्रयोगशाला, ल्याप्रोस्कोपिक सर्जरी, न्यूरो नेभिगेसन स्टेल्थ लगायतका स्वास्थ तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको हो ।
न्यूरो कारडियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलका संचालन निर्देशक राजेश भट्टराई र प्रभु बैंक गोल्छा चोक, शाखा प्रमुख प्रशान्त कुमार झाले एक समारोहबीच समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको डेबिट कार्ड,क्रेडिट कार्ड तथा क्यूआर प्रणालीद्धारा हस्पिटललाई भुक्तानी गर्नुपर्ने हुन्छ ।



थर्ड पोल 