नारी अन्तरसंघर्षको ऐना

नारी अन्तरसंघर्षको ऐना

अनादिदेखि वचन र व्यवहारमा दोहोरिँदै आएको एउटा कुरा हो– ‘प्रेम र युद्धमा जे पनि उचित हुन्छ ।’ कसैले कसैलाई मन पराउनु अपराध होइन । हो कुनै युगमा सम्भ्रान्त परिवारकी युवतीलाई निम्नवर्गीय युवकले मन परायो भने समाजले क्षम्य मान्दैनथ्यो । त्यसो त सम्भ्रान्त परिवारको युवकले निम्न वर्गकी युवतीसँग प्रेम गर्‍यो भने त्यस युवतीलाई डाँडा कटाउन बेर लाग्दैनथ्यो । 

यी दुवै अवस्थामा पीडित हुने या सजायभागी हुनपर्ने त युवतीले नै हो । त्यसैले हाम्रो समाजमा महिलालाई जहिले पनि पुरुषभन्दा सधैं पुछारको खुट्किलामै राखेर परीक्षण गरिन्छ । भलै युवतीको प्रतिभा, शिक्षा र सोच युवक समान होस् या त्योभन्दा माथि होस्, कुनै मूल्यांकन हुँदैन । र, आख्यान, काव्य, महाकाव्यजस्ता अधिकांश सिर्जनाका विधामा पनि यही कुरा दोहोरिन्छ । साहित्य भनेकै समाजको ऐना त हो नि ! समाजमा जे छ त्यही त देखिने हो साहित्यमा पनि । र त पुरुषकै आशक्ति बढी भए पनि दोषचाहिँ महिलामाथि नै खन्याइन्छ । ‘देवयानी’मा माधवी र देवयानी दुई मुख्य पात्र छन् । अर्की पात्र रेणु थोरै ठाउँमा देखा परे पनि महŒवपूर्ण भूमिका निर्वाह गरेकी छन् । माधवी र देवयानीको बीचमा उभिएको पात्र हो, आदित्य । जो अन्ततः विचराजस्तो हुन पुग्छ ।