निर्वाचनपछि महाधिवेशन गर्न पार्टीभित्र मत बनाउँदै कांग्रेस संस्थापन, बानेश्वरमा केन्द्रीय सदस्य भेला

निर्वाचनपछि महाधिवेशन गर्न पार्टीभित्र मत बनाउँदै कांग्रेस संस्थापन, बानेश्वरमा केन्द्रीय सदस्य भेला

 नेपाली कांग्रेसको संस्थापन पक्षका केन्द्रीय सदस्यहरूको भेला नयाँ बानेश्वरमा हुँदैछ । निर्वाचनपछि मात्र महाधिवेशनमा जानुपर्ने र पार्टी एक भएर निर्वाचनको वातावरण बनाउनुपर्ने भन्दै केन्द्रीय सदस्यहरूले भेला आयोजना गरेका हुन् ।

उनीहरू संगिठित र एकताबद्ध भएर 'पार्टीमाथि भइरहेका आक्रमण'विरुद्ध उभिएर जनताको विश्वास लिनुपर्नेमा विशेष महाधिवेशन र महाधिवेशन भनेर अस्वस्थ प्रतिस्पर्धा बढाइएको तर्क गर्छन् । त्यसो गर्दा पार्टी कममजोर हुने र निर्वाचनमा पराजय व्यहोर्नुपर्ने उनीहरूको तर्क छ ।

"अहिले कि त महाधिवेशनमा जानुपर्ने हुन्छ, कि त निर्वाचनमा जानुपर्ने हुन्छ,” केन्द्रीय सदस्य किरण पौडेलले बाह्रखरीसँग भने, “जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिले संविधान र व्यवस्थालाई जोखिममा पारेको हुँदा हाम्रा लागि र देशका लागि निर्वाचन बढी महत्त्वपूर्ण छ । त्यसैले पार्टीले पूर्ण तयारीसहित निर्वाचनमा भाग लिन आवश्यक छ ।”