पाताले छाँगो ४० वर्ष ठेक्कामा दिने विषयले लफडा, विद्यार्थी नेतामाथि खुकुरी प्रहार
काठमाडौं । पोखराको पाताले छाँगो ४० वर्षलाई ठेक्कामा दिने विषयले लफडा भएको छ । पाताले छाँगोमा सीसाको पुलसहित संरचना निर्माण गर्न पोखरा महानगरले ४० वर्षका लागि सेती क्यानोनिङ प्रालिलाई ठेक्का दिने सम्झौता गरेको छ ।
सीसाको पुललगायत संरचना निर्माण गर्न जिम्मा पाएको कम्पनीले बिहीबार बिहान राखेको सार्वजनिक सुनुवाइ विभिन्न पार्टीका विद्यार्थी नेता, स्थानीयको विरोधले बिथोलिएको थियो । यो विषय लम्बिँदै जाँदा नेपाल विद्यार्थी संघका नेता निर्दोष विक्रम पौडेललगायतमाथि खुकुरी प्रहार भएको छ । वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी काअनुसार खुकुरी प्रहार गर्ने बंशसिंह खवास प्रक्राउ परेका छन् भने पौडेललाई उपचारका लागि अस्पताल लगिएको थियो ।
बैदाम प्रहरी प्रमुख नवराज भट्टराईका अनुसार पौडेल र खवास दुवै घाइते छन् । ‘भाग्ने क्रममा उनलाई सामान्य चोट लागेको छ । उपचारबाट फर्केपछि थप विवरण आउँछ,’ उनले भने, ‘घटना हेर्दा दुई पक्षबिचको विवाद हो । तर डिटेल आएको छैन ।’
थर्ड पोल 