पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

पथलैया-निजगढ सडकमा जंगली हात्तीको आतंक, ट्रक चालकको लियो ज्यान

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको जितपुरसिमरा उपमहानगरपालिका-१६ स्थित पथलैया-निजगढ सडकखण्डमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

आइतबार बेलुकादेखि नै सो क्षेत्रमा देखिएको जंगली हात्तीका कारण पूर्वपश्चिम राजमार्ग क्षेत्र आतंकित बनेको थियो ।

सोमबार बिहान ८ बजेको समयमा ना४ख १८३० नम्बरको ट्रक चालकमाथि जंगली हात्तीले आक्रमण गरेको छ ।

ट्रकबाट हाम्फालेर भाग्न खोज्ने क्रममा हात्तीको आक्रमणबाट ट्रक चालक जितपुरसिमरा-१ का करिब ४० वर्षीय राजकुमार चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।