प्रधानमन्त्रीसहित चौतर्फी दबाबपछि राजीनामा दिने तयारी गर्दैछन् कुलमान घिसिङ
प्रधानमन्त्री सुशीला कार्कीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकको अन्तिमतिर दलमा आवद्ध र चुनाव लड्ने तयारीमा रहेका मन्त्रीलाई राजीनामा दिन अनुरोध गरिन् । वर्तमान सरकारमा दलमा आवद्ध व्यक्ति नै मन्त्री बनेको भन्दै चौतर्फी प्रश्न उठेपछि उनले यस्तो अनुरोध गरेकी थिइन् ।
वर्तमान सरकारमा ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता चुनावी प्रतिष्पर्धाको तयारीमा देखिएका छन् ।
घिसिङ रास्वपाको उपसभापति हुन् भने बाँकी दुई जना पनि सोही पार्टीबाट चुनाव लड्ने तयारी गरिरहेका छन् ।
प्रधानमन्त्रीको अनुरोधपछि पनि राजीनामा नदिएका मन्त्री घिसिङले मंगलबार एउटा अभिव्यक्ति दिए– मैले आजसम्म कुनै पनि पार्टीको सदस्यता लिएको छैन ।”
उनले दिएको उक्त अभिव्यक्तिले नै अप्ठेरो पारेको उनीनिकट स्रोतहरु बताउँछन् ।
त्यसपछि रास्वपालगायतका दल र बाहिरबाट झनै धेरै प्रश्न उठिरहेको बताउँदै कुलमान निकट स्रोतले भन्यो– अब राजीनामा दिएर चुनावमा होमिने तयारी थाल्नुभएको छ ।”
सम्भवतः १–२ दिनभित्रमा दिनुहुन्छ होला ।”
आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन तोकिएको छ । चुनावका लागि माघ ६ गते मनोनयन दर्ताको कार्यसूची छ ।
थर्ड पोल 