पर्यटक लोभ्याउँदै सुनापति डाँडा र लहरे माने
स्थानीय सरकार गठनपछि स्थानीयस्तरमा केही नमुना काम भएका छन्। सुनापति गाउँपालिकाले धार्मिक पर्यटनको क्षेत्रमा गरेका काम प्रशंसनीय छन्। रामेछापको सुनापति गाउँपालिका–३, हिलेदेवीस्थित सुनापति डाँडामा तामाङ समुदायले आफन्तको सम्झनामा बनाउने परम्परागत लहरे माने अहिले आकर्षक स्वरूपमा देखिन्छन्। एउटै रङ र आकारमा बनेका १ सय ८ मानेहरूले डाँडोलाई धार्मिकमात्र होइन, सौन्दर्यले पनि सजाएको छ। त्यही डाँडाको तल्लो भागमा अवस्थित ३५ फिट अग्लो शिवको मूर्तिसहितको सुनापति महादेव मन्दिर छ। जहाँ पुग्न २ सय ६५ वटा सिँढी पार गर्नुपर्छ। यही महादेवको नामबाट गाउँपालिकाको नाम ‘सुनापति’ राखिएको हो।
थर्ड पोल 