प्रहरी कर्मचारीलाई ध्वनि चिकित्सा मार्फत योगा मेडिटेसन
काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरूलाई ध्वनि चिकित्सा मार्फत योगा मेडिटेसन गराइएको छ । उपत्यका प्रहरी कार्यालयको आयोजनामा भएको मेडिटेसनमा ३५० प्रहरी कर्मचारीले ध्वनिको माध्यमबाट योगा मेडिटेसनको लाभ लिएका छन् ।
भृकुटी मण्डप स्थित प्रहरी क्लब र सशस्त्र प्रहरी गण नम्बर–२ मा योगा मेडिटेसनको आयोजना गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) शेखर खनालले ।
प्रहरीको आग्रहमा न्यु भिजन नेपाल र नेचुरल साउण्ड हिलिङ नामक संस्थाले प्रशिक्षण दिएका हुन् । प्रशिक्षकहरू अशोक शर्मा भट्ट, सवनम खड्गी, एलिस बन्जरा, कपिल बगाले, ईश्वर बगाले, पूजन भट्ट र हरि भट्टले प्रशिक्षण प्रदान गरेका हुन् ।
थर्ड पोल 