बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदै

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिँदै

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश सभामा विश्वासको मत लिँदै छन्।

मंगलबार अपराह्न ४ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री बानियाँले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँ साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

मुख्यमन्त्रीमा नियुक्त भएको एक सातापछि मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिन लागेका हुन्।

मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने व्यवस्था छ।