बिहारका महिलाहरू चुनावी नतिजा बदल्ने ‘साइलेन्ट फोर्स’ बन्दैछन् ?
बिहार विधानसभाको पहिलो चरणको मतदान सकिएको छ र अब निर्वाचन अन्तिम चरणमा पुगेको छ । सबैको ध्यान यसपटक जनताले कसमा भरोसा गर्लान् भन्नेमा केन्द्रित छ ।
पहिलो चरणमा १२१ सिटका लागि भएको मतदानमा ६४.६६ प्रतिशत मत खसेको छ । यसलाई रेकर्ड मतदान मानिएको छ ।
यो रेकर्ड मतदान केको संकेत हो ? यो परिवर्तनको संकेत हो वा वर्तमान सत्तामाथिको विश्वास दोहोर्याउने जनादेश ? यसबारे फरक–फरक विश्लेषणहरू आइरहेका छन् ।
चुनावमा रोजगारी र बसाइँसराइको मुद्दा सबैभन्दा बढी उठ्यो । साथै, ’जङ्गलराज’को याद दिलाएर मतदाताहरूमा डर वा असुरक्षाको भाष्य बनाउने कोसिस पनि देखियो ।
थर्ड पोल 