भारतमा पौने खर्बको कम्पनीका नेपाली मालिक
विराटनगरमा जन्मे–हुर्केर कक्षा १२ सम्मको अध्ययन उतै गरेका उनी अहिले भारतको सबैभन्दा ठूलो ‘पियर टु पियर’ (पीटुपी) लेन्डिङ प्लेटफार्म ‘लेनदेन क्लब’ का संस्थापक हुन् । पीटुपी लेन्डिङ यस्तो डिजिटल प्लाटफर्म हो, जसले ऋण लिने र दिनेलाई बैंक वा वित्तीय संस्थाको संलग्नता विना नै सिधै आपसमा जोडिदिन्छ । यो प्रणालीमा आबद्ध ऋणदाताले आफूसँग भएको पैसा अर्को व्यक्तिलाई सिधै ऋण दिन सक्छन्, ऋण लिनेले पनि सजिलै पाउन सक्छन् । ‘लेनदेन क्लब’ भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)’ बाट अनुमति प्राप्त यस्तै पीटुपी लेन्डिङ प्लाटफर्म हो, जसले स्थापनाको १० वर्षमा १ खर्ब ६० अर्ब भारतीय रुपैयाँ बराबरको कर्जा आफ्नो माध्यमबाट प्रदान गरिसकेको छ । यो प्लाटफर्ममा हालसम्म ३ करोड ऋणी आबद्ध छन् भने ३० लाख ऋणदाता पुगिसकेका छन् । यो विराटनगरका उनै दिपेश कार्कीको सफलताको कथा हो जसले भारतमा आफ्नो भिन्नै पहिचान बनाएका छन् ।
थर्ड पोल 