मधेशका मुख्यमन्त्री यादवले भने- बाध्यात्मक परिवेशमा बाटोमै शपथ लिनुपर्यो
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी बिरामी भएर काठमाडौं हिँडेपछि प्रदेशको र अहिलेको अवस्थालाई मध्यनजर गरेर बाटोमै शपथ ग्रहण गर्नुपरेको बताएका छन् । आफ्नो नियुक्ति संवैधानिक भएको पनि उनले बताए ।
सोमबार साँझ जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रदेश प्रमुख बिरामी भएर काठमाडौं हिँडिसक्नुभयो भन्ने थाहा पाएपछि मैले फोन गरें- माननीय प्रदेश प्रमुख ज्यु तपाईं मलाई शपथ नखुवाई जान सक्नुहुन्न । म त बिरामी भएँ, कार्यवाहक मुख्यमन्त्रीज्युलाई भनेको छु भन्नुभयो । नियुक्ति दिने अनि शपथ नगराउने ? शपथग्रहण गराएर जानुपर्यो । तपाईं कहाँ हुनुहुन्छ, त्यहीँ आउँछु, त्यहीँ शपथ ग्रहण गराउनुस् भन्ने परिवेशमा भएको शपथ ग्रहण हो ।’
थर्ड पोल 