मधेसी नेता देवेन्द्र यादव कांग्रेसमा प्रवेश

मधेसी नेता देवेन्द्र यादव कांग्रेसमा प्रवेश

 मधेसी नेता देवेन्द्र यादव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीमा २०६४ मा आबद्ध भएका उनी सो पार्टीमा महासचिवसम्म भएका थिए । पछि राजपा नेपाल बनेपछि उनी सो पार्टीमा पनि महासचिव भएका थिए 

तर २०७४ को चुनावमा राजपा नेपालले देवेन्द्र यादवलाई टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए । तर उनी पराजित भएका थिए । चुनावमा पराजित भएपछि उनी मधेस राजनीतिमा निष्क्रिय भएका थिए ।

राजनीतिमा निष्क्रिय भएको बेला एकपटक उनी एमालेमा प्रवेश गरेका थिए । तर हाल आएर उनी कांग्रेसमा प्रवेश गरेका हुन् । आफू र आफ्नो परिवार पुरानो कांग्रेसी भएको भन्दै उनले अहिले आफू आफ्नो घर फर्केको उनले बताए । उनलाई कांग्रेसभा सो पार्टीका सभापति शेरबहादुर देउवाले स्वागत गरे ।