राष्ट्रिय परिचयपत्र छ ? मतदाता नामावलीमा अनलाइन फारम भरे पुग्छ

राष्ट्रिय परिचयपत्र छ ? मतदाता नामावलीमा अनलाइन फारम भरे पुग्छ

राष्ट्रिय परिचयपत्र पाएका व्यक्तिले मतदाता नामावलीका लागि निर्वाचन कार्यालय पुग्न नपर्ने भएको छ । आफूलाई सहज हुने स्थानबाटै फारम भरेपछि स्वत: राष्ट्रिय परिचयपत्रमा भएको विवरण मतदाता नामावलीका लागि प्रयोग गर्ने व्यवस्था मिलाइएको हो ।

निर्वाचन आयोगले आजैबाट लागू हुनेगरी राष्ट्रिय परिचयपत्र बनाएका व्यक्तिको हकमा अनलाइनबाट फारम मात्रै भरे हुने व्यवस्था गरेको हो ।

कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अुनसार, अनलाइन मतदाता नामावली संकलन गर्नेहरूको नेशनल आइडि कार्ड (राष्ट्रिय परिचयपत्र) बाट बायोमेट्रिक लिएर नामावली संकलनका लागि थप सहज बनाइएको जानकारी दिए ।

‘अहिले हाम्रो नेशनल आइडि (राष्ट्रिय परिचयपत्र) को भण्डारमा जम्मा भएको बायोमेट्रिक अनलाइनमा भर्नुभएको निवेदनमा ल्याएर जोड्ने र छानविन गरेर नामावली प्रकाशन गर्ने भन्ने निर्णय गरेका छौँ । त्यसले तपाईंहरूका सबै मागलाई सम्बोधन गर्दछ,’ भण्डारीले भने ।

जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो व्यवस्था गरेको उनको भनाइ छ ।

यसका लागि आयोगले बुधबार रातभर प्राविधिक काम गरेको थियो ।