राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको छ : प्रभु साह

राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको छ : प्रभु साह

आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् । 

बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा आजपाद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुक्खाक्षेत्र घोषणाले पीडितलाई झन् पीडित बनाएको बताए । मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन नसकेको उनको भनाइ थियो ।