लाइफ इन्स्योरेन्सद्वारा हकप्रद सेयर निष्कासन, कसले आवेदन दिन पाउने ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)ले आज (बुधबार) देखि हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम चुक्ता पुँजीको ८८.४५१६८ प्रतिशत हकप्रद सेयर निष्कासन गरेको हो।
कम्पनीले हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद निष्कासन गरेको हो।
यस अनुसार कात्तिक ८ गतेसम्म कायम सेयरधनीहरूले उक्त हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। सो हकप्रद सेयरमा पुस २ गतेसम्म आवेदन दिन सकिनेछ।
थर्ड पोल 