लगातार उकालो लागेको सुनको मूल्यमा गिरावट
काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला २२ सय रपैयाँले घटेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज भने गिरावट आएको हो । आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ८सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला शुक्रबार प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, तेजाबी सुन पनि तोलामा २२ सय रुपैयाँले ओरालो लागेको छ । शुक्रबार प्रतितोला रु एक लाख ३८ हजार तीन सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने एक लाख ३५ हजार १५० निर्धारण भएको हो ।
यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार ७ सय निर्धारण भएको छ ।शुक्रबार चाँदी प्रतितोला रु एक हजार ७ सय ५० मा कारोबार भएको थियो । यस आधारमा चाँदी तोलामा ५० रुपैयाँले घटेको छ ।



थर्ड पोल 