ललितपुरमा बागमती नदीले पार गर्‍यो सतर्कता तह, उच्च सतर्कता अपनाउने अपिल 

ललितपुरमा बागमती नदीले पार गर्‍यो सतर्कता तह, उच्च सतर्कता अपनाउने अपिल 

काठमाडौं । ललितपुर जिल्लास्थित बागमती नदीले खोकना जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको छ ।

जल तथा मौसम विज्ञान बाढी पूर्वानुमान महाशाखाले सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागमा रहनेलाई उच्च सतर्कता अपनाउने अपिल गरेको छ ।