विदेशी लगानीको समन्वय सुधार्न फोकल युनिट
अर्थ मन्त्रालयले विदेशी लगानीको समन्वय सुदृढ गर्न फोकल युनिट स्थापना गरेको छ। विशेष गरेर विदेशी लगानीकर्ता र अन्तर्राष्ट्रिय विकास वित्त संस्थाहरूसँगको समन्वयलाई प्रभावकारी बनाउन फोकल युनिट स्थापना गरेको हो।
सहसचिव एवं प्रवक्ता टंकप्रसाद पाण्डेयका अनुसार विदेशी लगानीकर्ताका लागि गर्नुपर्ने सहजीकरण तथा समन्वय र अन्य मन्त्रालय र निकायसँग विदेशी लगानीका विषयमा समन्वय सुदृढ गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाअन्तर्गत एक फोकल युनिट स्थापना गरिएको हो। विदेशी लगानीकर्ताका लागि अर्थ मन्त्रालयसँग प्रत्यक्ष सम्बन्ध हुने बैंकिङ तथा राजस्वसँग सम्बन्धित विषयमा यस युनिटले आवश्यक समन्वय गर्ने जनाइएको छ।
थर्ड पोल 