वाशिङ्टन उडे ट्रम्प, जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गर्ने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प वाशिङ्टन फर्किएका छन्।
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको उच्चस्तरीय वार्ता सकिएपछि उनी वाशिङ्टन फर्किएका हुन्।
ट्रम्पले वार्ताबारे पुटिनसँग भएको सहमतिबारे युक्रेन, युरोप र नेटो सदस्यराष्ट्रसँग छलफल गर्ने बताएका छन्।
'वार्ता सकारात्मक भएको छ। नेटो नेताहरू, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र अन्यसँग वार्ताको विषयमा जानकारी दिनेछु,' ट्रम्पले संयुक्त पत्रकार सम्मेलनमा भने।
वार्तामा के सहमति भयो भन्ने बारेमा ट्रम्प र पुटिन दुवैले खुलाएका छैनन्।
दुवैले सकारात्मक मात्रै भनेका छन्।
ट्रम्प सुरूमै जेलेन्स्कीसहितको त्रिपक्षीय वार्ता होस् भन्ने चाहन्थे। तर पुटिनले अस्वीकार गरेका कारण ट्रम्प एक्लैले उनीसँग वार्ता गरेका थिए।
युरोपेली नेताहरूसँगको छलफलमा ट्रम्पले वार्तामा के भयो भन्ने विषय ट्रम्पले सुरूमै जेलेन्स्की र युरोपेली नेताहरूलाई जानकारी गराउने बताएका थिए।
थर्ड पोल 