स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार
कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखसहित भेलाको आयोजना गर्ने भएको छ । पछिल्लो राजनीतिक परिवर्तनपछि प्रदेश र स्थानीय तहबिचको सम्बन्धलाई थप व्यवस्थित र एकरूपता ल्याउन भेला गर्न लागिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा कात्तिक २५ र २६ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा भेला हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई दिने भेलामा नगरप्रमुख र उपप्रमुखसहित सम्बन्धित पालिकाका प्रमुख प्रशासनिक अधिकृतहरूको पनि सहभागिता रहने छ ।
भेलामा सहभागिताको लागि प्रदेशका १० वटै जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरूलाई पनि बोलाइएको छ । भेलामा मुख्य रूपमा ३ वटा विषयहरू छलफल हुने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले जानकारी दिए ।
थर्ड पोल 