सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 

सिद्धार्थ बैंकको संस्थापक सेयर बिक्रीमा, कसले खरिद गर्न पाउने ? 


काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकको संस्थापक चंचल देवी जैनको स्वामित्वमा रहेको ७२ हजार ९२७ कित्ता संस्थापक सेयर बिक्री खुला सर्वसाधारणका लागि गरिएको हो । 

बैंकले एक सूचना जारी गर्दै आज साउन ७ देखि देखि उक्त सेयर बिक्रीमा राखेको हो ।  सो सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले आवश्यक पर्ने कागजात सहित ७ दिनभित्र खरीद गर्न चाहेको सेयर विवरण खुलाई नक्सालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा रहेको कम्पनी सचिवका कार्यालयमा निवेदन दिनुपर्नेछ ।