सुनको भाउमा गिरावट, कति पुग्यो तोलाको ? 

सुनको भाउमा गिरावट, कति पुग्यो तोलाको ? 

काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको भाउमा गिरावट आएको छ। आज पनि २६ सयले ओरालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २६ सय रुपैयाँले घटेर १ लाख ४७ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो एकैदिन सुन प्रतितोला १५ हजार ९०० रुपैयाँ घटेर १ लाख ५३ हजार ३०० रुपैयाँमा झरेको थियो। आज चाँदीको भाउ १८ सय २० मा कारोबार भइरहेको छ। सरकारले सुनमा लाग्ने भन्सार आधा घटाएपछि मूल्य ओरालो लागेको हो।