सुनचाँदीको मूल्य सामान्य घट्यो, कति पुग्यो तोलाको ? 

सुनचाँदीको मूल्य सामान्य घट्यो, कति पुग्यो तोलाको ? 


काठमाडौं । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यमा समान्य गिरावट आएको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ४०० रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।