सामाजिक सञ्जाल बन्दप्रति संसद् र संसदीय समितिहरू मौन
सरकारले दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जालका प्ल्याटफर्म बन्द गरेको पाँच दिन भयो ।
यसप्रति नागरिकस्तरमा आक्रोश छ । जेनजीले देशभर प्रदर्शन नै गरेर सरकारको ध्यानाकर्षण गरेका छन् ।
तर, समामाजिक सञ्जाल बन्द्रप्रति संसद् र संसदीय समितिहरू मौन रहेका छन् ।
सभामुख देवराज घिमिरेले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलगत्तै संसद्को लाइभ प्रसारण र भिडियो आर्काइभ सुरक्षाबारे चासो रोखका छन् ।
संसद् सचिवालयलाई प्रसारण व्यवस्थापन र सूचना प्रवाहका वैकल्पिक माध्यमको व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।
थर्ड पोल 